Ezekiel 37:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मलाई भनेअनुसार मैले अगमवाणी बोलें। मैले बोलिरहँदा मैले खड्याङ्-खुडुङ् आवाज आएको सुनें र ती हाडहरू आपसमा जोडिन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्‍यहाँ कर्‍याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आज्ञा दिनुभएझैँ मैले अगमवाणी गरेँ। जब मैले अगमवाणी गरिरहेको थिएँ, तब कर्‍याक-कुरुक गरिएको एउटा आवाज सुनेँ। अनि ती हड्डीहरू एक-अर्कोसित नजिक-नजिक आए; अनि ती एक-अर्कासित जोडिन लागे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजें। जति बेला मैले केही भन्न आँटेको थिएँ प्रचण्ड ध्वनी सुनें! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले।