Ezekiel 37:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, बतासलाई अगमवाणी बोल्। बतास चारै दिशाबाट बहेर आओस् र यी मृत शरीरहरूमा सास भरिएर ती जीवित बनून् भन्ने सार्वभौम परमप्रभुको आज्ञा बतासलाई बताइदे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्। अगमवाणी गर्, र त्यसलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले मलाई भन्नुभयो, “सासलाई अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गरेर सासलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएका मानिसहरूमा सास फुकिदे, ताकि यिनीहरू जीवित होऊन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदैछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।”‘