Ezekiel 38:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले एउटा असहाय देशमाथि हमला गर्ने निर्णय गर्नेछस्, त्यहाँका मानिसहरू पर्खालबिनाका असुरक्षित सहरहरूमा शान्तिसित बसेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले भन्नेछस्, “पर्खालविनाका गाउँहरू भएको देशलाई म आक्रमण गर्नेछु। पर्खालहरू र मूल ढोकाहरू नभएका र गजबारहरू नभएका शान्तिसित बस्ने र शङ्का नगर्ने जातिलाई म आक्रमण गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले भन्नेछस्, “म एउटा पर्खाल नभएको बस्तीहरू भएको देशमाथि आक्रमण गर्नेछु; म एउटा शान्त र सुरक्षितसाथ बस्ने मानिसहरूमाथि आक्रमण गर्नेछु—तिनीहरू सबै पर्खालहरूविना, मूलढोकाहरू र बारहरूविना बसिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले भन्छौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको दैलोमा ताला छैन, उनीहरूको दैलो पनि छैन।