Ezekiel 38:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि एकपल्‍ट ध्‍वस्‍त भएका सहरहरूमा बसोबास गर्ने मानिसहरूलाई तैँले लुटपिट गर्नेछस्। ती मानिसहरू सबै जातिहरूबाट जम्‍मा गरिएका थिए अनि तिनीहरूसित गाई-वस्‍तु र धन-सम्‍पत्ति छन्। संसारका चारैतिरबाट आएर जमघट हुने ठाउँमा तिनीहरू बसोबास गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती ध्‍वंस भएका ठाउँहरूमा अहिले फेरि जाति-जातिहरूबाट भेला भएका मानिसहरू, जो गाईबस्‍तु र सम्‍पत्ति प्राप्‍त गरेर देशको केन्‍द्रमा बस्‍दैछन्‌— ती आबादीहरू र मानिसहरूलाई लुटेर र सखाप पारेर म ध्‍वंस पार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म लुटपाट गरेर सखाप पार्नेछु; अनि भर्खर पुनर्बास भएको भग्नावशेष सहर, जाति-जातिहरूबाट भेला भएका पशुहरू र मालसामानहरूले धनी भएको देशमा बस्‍ने मानिसहरूको विरुद्धमा मेरो हात फर्काउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई लुट्नेछु अनि सबै बहुमूल्य चीजहरू तिनीहरूबाट लिन्छु। म ती स्थानहरूको विरूद्धमा लडछु जे नष्ट भइसकेकोछ, तर अब मानिसहरू त्यहाँ बस्न थालेकाछन्। म तिनीहरूको विरूद्ध जानेछु जो अन्य राष्ट्रहरूबाट जम्मा भएका छन्। अब तिनीहरू पशु र सम्पतिको मालिक भएका छन्। उनीहरू संसारको केन्द्रमा बस्छन्।’