Ezekiel 38:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेबा र ददानका मानिसहरू अनि तर्शिश देशका व्‍यापारीहरूले तँलाई यसरी प्रश्‍न गर्नेछन्, ‘आफ्‍ना सेना भेला गरी लुटपिट र चोरी-डकैती गर्नलाई तैँले हमला गरेको होस् त? के तँ सुन-चाँदी, गाई-वस्‍तु र धन-सम्‍पत्ति पाउने इच्‍छा राख्‍छस्? के तँ लुटेका मालसामान लिएर बाटो लाग्‍ने इच्‍छा गर्छस्’?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शेबा र ददान तर्शीशका व्‍यापारीहरू र त्‍यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्‌नलाई आएको होस्‌? के लूटका माल हात पार्न, सुनचाँदी लैजान, गाईबस्‍तु, मालसामान जफत गर्न, दामी-दामी लूटका सामान जम्‍मा गर्न के तैंले आफ्‍ना सैन्‍य-दलहरू भेला गरेको होस्‌’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेबा र ददान, तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्न आएको होस्? सुनचाँदी लैजान, गाईबस्तु र मालसामानहरू लैजान; अनि धेरै लुटका सामान जम्मा गर्नका निम्ति के तैँले तेरा सेना दलहरूलाई भेला गरेको होस्?” ’
Nepali ERV (पवित्र बाइबल)
“शेबा, ददान अनि तर्शीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?”‘