Ezekiel 38:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] सार्वभौम परमप्रभुले यसरी आफ्‍ना यी वचन गोगलाई सुनाउन मलाई पठाउनुभयो, “अब, मेरो प्रजा इस्राएल सुरक्षासाथ बसेको समयमा धेरै जातिहरूका मानिसहरू मिलेर बनेको एउटा ठूलो र शक्तिशाली सेना लिएर तँ उत्तरको टाढा देशबाट आउनेछस्। तेरा सबै सेनाहरू घोडामा आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण हे मानिसको छोरो, अगमवाणी कहेर गोगलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: त्‍यस दिन, जब मेरो प्रजा सुरक्षासाथ बसिरहेको हुन्‍छ, तब के त्‍यसको ख्‍याल गर्नेछैनस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हे मानिसको छोरा, अगमवाणी गरेर गोगलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन जब मेरा इस्राएलका मानिसहरू सुरक्षितसाथ बसिरहेका हुन्छन्, के तँ त्यसमा ध्यान दिनेछैनस्?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! मेरा निम्ति गोगलाई भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘तिमी हाम्रो मानिसहरूलाई आक्रमण गर्नु आउँनेछौ। जब कि उनीहरू शान्तिपूर्वक अनि सुरक्षित बसिरहेका छन्।