Ezekiel 38:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु बोल्नुभएको छ: धेरै समयअघि जब म मेरा सेवकहरू इस्राएलका अगमवक्ताहरूद्वारा कुनै एक जनालाई इस्राएलमाथि हमला गर्न लाउनेछु,” भनी घोषणा गरेको कुरा तेरै बारेमा थियो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अघि-अघिका दिनहरूमा मेरा दास इस्राएलका अगमवक्ताहरूद्वारा मैले बताएको व्यक्ति तँ नै होइनस् र? त्यस बेला तिनीहरूले वर्षैभरि अगमवाणी भने, कि म तँलाई तिनीहरूका विरुद्धमा ल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: तँ त्यही व्यक्ति होस्, जसको बारेमा मैले अगिका दिनहरूमा मेरा सेवकहरू, इस्राएलका अगमवक्ताहरूद्वारा बोलेको थिएँ। त्यस बेला तिनीहरूले वर्षौंसम्म मेरो अगमवाणी गरे, कि म तँलाई तिनीहरूको विरुद्धमा ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “अतीतमा मैले तिम्रो विषयमा जे भनेको थिएँ त्यस समय मानिसहरूले याद गर्नेछन्। उनीहरूले याद गर्नेछन् मैले आफ्ना दासहरू इस्राएलको अगमवक्ताहरूको उपयोग गरें। उनीहरूले याद गर्नेछन् इस्राएलका अगमवक्ताहरूले मेरो निम्ति अतीतमा कुरा गरे अनि भने कि म तिमीलाई उनिहरू विरूद्ध युद्ध गर्न ल्याउँछु।”