Ezekiel 38:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीमा भएका साना-ठूला माछा र सबै पशु-पक्षी अनि हरेक मानिस मेरो डरले काम्नेछन्। पर्वतहरू लड्नेछन्, पहराहरू फुट्नेछन् र हरेक पर्खाल ढल्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्रका माछाहरू, आकाशका पक्षीहरू, वनका जनावरहरू, जमिनमा घस्रने सबै जन्तुहरू, र पृथ्वीका सबै मानिसहरू मेरो सामुन्ने काँप्नेछन्। पहाड़हरू पल्टिजानेछन्, भीरहरू भत्किनेछन्, र प्रत्येक पर्खाल जमिनमा ढल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रका माछा, आकाशका चराहरू, वनका पशुहरू, जमिनमा हिँड्डुल गर्ने हरेक प्रकारका पशुप्राणीहरू, र पृथ्वीको सतहमा भएका सबै मानिसहरू मेरो उपस्थितिमा काम्नेछन्। पहाडहरू पल्टाइनेछन्, भिरालो ठाउँहरू भत्किनेछन् र हरेक पर्खाल जमिनमा ढल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय सबै जीवित प्राणी डरले काम्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जंगली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले काम्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।”