Ezekiel 38:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु बोलेको छु। गोगमाथि म विपत्तिहरू पठाएर भयभीत पार्नेछु र त्यसका मानिसहरूले आपसमा तरवारले काटा-काट गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै पहाड़हरूमा म गोगको विरुद्धमा एउटा तरवार पठाउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। हरेक मानिसको तरवार उसकै दाजुभाइको विरुद्धमा उठ्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरा सबै पर्वतहरूमा गोगको विरुद्ध तरवार पठाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हरेक मानिसको तरवार उसको दाजुभाइको विरुद्धमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरूद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छन् कि तिनीहरूले एका अर्कामाथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्।