Ezekiel 38:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यसलाई फनक्‍क घुमाउनेछु, त्‍यसको बङ्गारामा अंकुशे लाउनेछु र सबै सेनासहित त्‍यसलाई घिस्‍स्‍याएर हिंडाउनेछु। घोडा र घोड-चढीहरूसमेत त्‍यसको सेना अति ठूलो छ र प्रत्‍येक सैनिकले ढाल भिरेर हातमा तरवार लिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई फनक्‍क घुमाउनेछु। तेरो मुखमा म बल्‍छी लगाउनेछु। म तँलाई र तेरा जम्‍मै सेनालाई निकालेर ल्‍याउनेछु— तेरा घोड़ाहरू र घोड़चढ़ीहरू, लड़ाइँका हतियारले सम्‍पूर्ण सुसज्‍जित भएका, ठूलो र सानो ढाल लिएको, तरवार चलाइरहेको एक ठूलो सैन्‍य-दल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई पछिल्तिर फर्काएर तेरो बङ्गारामा अङ्कुसे लगाउनेछु, र तेरा सम्पूर्ण सेनाहरूसँग तँलाई बाहिर निकालेर ल्याउनेछु—तेरा घोडाहरू, सारा हातहतियारहरूले सुसज्जित तेरा घोडचढी सेनाहरू र ठूला-साना ढालहरू भिरेका तरवार चलाउन सक्ने ठूलो सेनाहरूसँग बाहिर ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई समात्छु अनि तिम्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिम्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिम्रो मुखमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्।