Ezekiel 38:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍योसित उत्तरका गोमेर र बेथ-तोगर्मा देशका योद्धाहरू र त्‍यस्‍तै अरू धेरै जातिका मानिसहरू छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोमेर र त्‍यसका समस्‍त सेना र उत्तरको पल्‍लो छेउदेखिका बेथ-तोगर्मा र त्‍यसका सारा सेना पनि— तँसित भएका ती जाति-जातिहरू— सबै उनीहरूसित हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साथै गोमेर त्यसका सबै सेना दलहरूसँग र सुदूर उत्तरको बेथ-तोगर्मा त्यसका सबै सेना दलहरूसँग—अनि तँसँग भएका धेरै जातिहरू पनि हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ गोमेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोगर्माको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धैरे राष्ट्रहरूका मानिसहरू हुनेछन्।