Ezekiel 38:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै वर्षपछि म त्यसलाई एउटा देशमाथि हमला गर्ने आज्ञा दिनेछु, जुन देशका मानिसहरू विभिन्न जातिहरूबाट फर्काई ल्याइएका थिए र लडाइँको डरबिना बाँचिरहेका थिए। त्यसले इस्राएलका डाँडाहरूमाथि हमला गर्नेछ, ती धेरै लामो समयसम्म उजाड र उराठलाग्दा थिए तर अब सबै मानिसहरू सुरक्षासाथ बसोबास गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै दिनपछि युद्धको लागि तिमीहरूलाई आह्वान हुनेछ। भविष्यमा युद्धबाट ध्वंस भएर पुनर्निर्मित भएको देशलाई तिमीहरूले आक्रमण गर्नेछौ, जुन देशका मानिसहरू धेरै जाति-जातिहरूबाट यतिञ्जेल उजाड़ भएका इस्राएलका पहाड़हरूमा भेला भएका थिए। तिनीहरू जाति-जातिहरूबाट ल्याइएका थिए, र अब तिनीहरू सबै सुरक्षित बस्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै दिनपछि तिमीहरूलाई हतियार भिर्नलाई बोलाइनेछ। आउँदा वर्षहरूमा तिमीहरूले युद्धबाट ध्वस्त भएर पुनर्निर्मित भएको एउटा देशमाथि आक्रमण गर्नेछौ, जसका मानिसहरू धेरै जाति-जातिहरूबाट इस्राएलका पर्वतहरूमा भेला गरिएका थिए, जुन धेरै लामो समयसम्म उजाड रहेको थियो। तिनीहरू जाति-जातिहरूबाट बाहिर ल्याइएका थिए; अनि अहिले तिनीहरू सबै सुरक्षित बसोबास गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम वर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्।