Ezekiel 38:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो, त्‍यसको सेना र त्‍योसित भएका सबै जातिहरूले आँधी-बेहरीझैँ आक्रमण गर्नेछन् र त्‍यस देशलाई बादलले झैँ ढाक्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँचाहिँ तूफानझैँ वेगसित अगि बढ्‌नेछस्, तँ र तेरा सबै सेना, र तँसँग हुने धेरै जाति-जातिहरू बादलझैँ माथि जानेछौ, र तँचाहिँ देशलाई ढाक्‍ने बादलझैँ हुनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ र तेरा सबै सेनाका दलहरू, र तँसँग भएका धेरै जातिहरू आँधीझैँ अगि बढ्नेछन्; तँचाहिँ देशलाई ढाक्ने बादलजस्तै हुनेछस्।
Nepali ERV (पवित्र बाइबल)
तर तिमी तिनीहरूमाथि आक्रमण गर्न आउँनेछौ। तिमी तुफान जस्तै आउँनेछौ। तिमी देशलाई ढाक्दै गर्जने बादल जस्तै आउँछौ। तिमी अनि धेरै राष्ट्रहरूलाई तिम्रो सैनिकहरूको समूह, यी मानिसहरूमाथि आक्रमण गर्न आउँनेछन्।”‘