Ezekiel 39:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जङ्गल वा मैदान-बाट दाउरा बटुल्न वा रूख काट्न पर्नेछैन किनभने दाउरा बाल्न तिनीहरूसित प्रशस्तै हतियारहरू हुनेछन्। त्यसरी नै तिनीहरूले आफूलाई लुटपिट गर्नेहरूलाई लुटपिट गर्नेछन्।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले खेतहरूबाट दाउरा बटुल्नुपर्नेछैन, न त वनबाट दाउरा काटेर ल्याउनुपर्नेछ, किनभने तिनीहरूले ती हतियारहरूले नै आफ्नो आगो सल्काउनेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन्, आफूलाई ठग्नेहरूलाई ठग्नेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्नेहरूलाई तिनीहरूले खोस्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जंगलमा दाउराहरू काटन पर्नेछैन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाउराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट खोस्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नभयो।