Ezekiel 39:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “जब यी सबै कुरा भइसक्नेछन् तब इस्राएलमा मृत सागरको पूर्वपट्टि यात्रीहरूको बेसीमा गोगको मुर्दा गाड्ने एउटा जग्गा दिनेछु। त्यो र त्यसका सारा सेना त्यहीँ गाडिनेछन् र त्यस बेसीको नाम ‘गोगका सेनाको बेसी’ कहलिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्यस दिन गोगलाई म इस्राएलको पूर्वतिर खारा समुद्रमा जानेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सारा सैन्य-दलहरू बाटो छेकेर त्यहाँ गाड़िनेछन्। यसैले त्यस ठाउँलाई हामोन-गोगको बेँसी भनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेंसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किन? किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्! मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेंसी भन्नेछन्।’