Ezekiel 39:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा भएका हरेक मानिसले मुर्दाहरू गाड्‍न सघाउनेछन् र मैले विजय पाएको दिन तिनीहरूलाई आदर गरिनेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका सबै मानिसहरूले उनीहरूलाई गाड्‌नेछन्, र मैले आफ्‍नो महिमा पाएको दिन तिनीहरूका निम्‍ति एक स्‍मरणीय दिन हुनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
देशका साधारण मानिसहरूले शत्रुको सैनिकहरूलाई गाडनेछन्। इस्राएलका मानिसहरू त्यसदिन प्रसिद्ध हुनेछन् जुन दिन म आफ्नो सम्मान पाउँछु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।