Ezekiel 39:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सात महिना बितेपछि अझै पनि बाँकी रहेका लाशहरू खोजेर गाड्‍नलाई मानिसहरू चुनेर देशभरि पठाइनेछन् र तिनीहरूले देश सफा पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘देश शुद्ध बनाउन मानिसहरू नियमित रूपले काममा लगाइनेछन्‌। कोही-कोहीचाहिँ देशभरि नै जानेछन्, र तिनीहरूबाहेक अरूहरूले चाहिँ जमिनमा पड़िरहेकाहरूलाई गाड्‌नेछन्‌। सातौँ महिनाको अन्‍त्‍यमा तिनीहरूले खोज्‍ने काम सुरु गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्। “ ‘सात महिना बितेपछि तिनीहरूले आफ्नो विस्तृत खोजी सुरु गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मरेको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरी दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्।