Ezekiel 39:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू देशको चारैतिर जानेछन् र कतै मानिसको हाड भेटाए भने त्‍यसको छेउमा एउटा चिनो लाउनेछन् र चिहान खन्‍नेहरू आएर त्‍यो हाड गोगका सेनाको बेसीमा गाड्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू देशमा चारैतिर जाँदा कसैले मानिसको एउटा हाड़ देख्‍यो भने, चिहान खन्‍नेहरूले त्‍यसलाई भेट्टाएर हामोन-गोगको बेँसीमा नगाडुञ्‍जेल त्‍यसमा एउटा चिन्‍ह लगाइराख्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्‍नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेंसीमा हड्डी जब सम्म गाडिदैन त्यतिञ्जेल सम्म चिह्र रहनेछ।