Ezekiel 39:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, मैले तयार पारेको बलिदान खान चारैतिरबाट सबै प्रकारका पशु-पक्षीहरूलाई बोला। इस्राएलका डाँडाहरूमाथि एउटा ठूलो भोज लाग्नेछ। त्यहाँ तिनीहरूले मासु खानेछन् र रगत पिउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सबै किसिमका पक्षीहरू र सबै जङ्गली पशुहरूलाई कराएर भन्: ‘चारैतिरबाट भेला होओ, मैले एक ठूलो बलिदान इस्राएलका पहाड़हरूमा तिमीहरूका निम्ति तयार गरिरहेछु। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ।