Ezekiel 39:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “जाति-जातिलाई म आफ्नो महिमा देखाउनेछु र मेरा न्यायका फैसलाहरू कसरी आफ्नो शक्तिले पूरा गर्दछु, त्यो म देखाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जाति-जातिहरूका बीचमा म मेरो महिमा प्रकट गर्नेछु। सबै जातिहरूले मैले दिएको दण्ड र उनीहरूमाथि परेको मेरो गह्रौँ हात देख्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरें। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देख्नेछन जुन मैले शत्रुको विरूद्ध उपयोग गरे।