Ezekiel 39:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले मेरो विरुद्धमा गरेका पापका कारणले कैदी भई विदेशमा लगिएका थिए भनी जाति-जातिहरूले जान्नेछन्। मैले तिनीहरूबाट आफ्नो मुख लुकाएँ, तिनीहरूलाई शत्रुबाट हराएँ र लडाइँमा मारिनदिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जाति-जातिहरूले यो जान्नेछन्, कि इस्राएलका मानिसहरू आफ्नो पापले गर्दा निर्वासित भएका थिए, किनभने तिनीहरू मप्रति अविश्वासी भए। यसैले मैले तिनीहरूदेखि आफ्नो मुख लुकाएँ, र तिमीहरूलाई आफ्ना शत्रुहरूका हातमा सुम्पिदिएँ, र तिनीहरू सबै तरवारले ढालिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरू मप्रति अविश्वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए।
Nepali ERV (पवित्र बाइबल)
अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगें। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरूद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगें। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए।