Ezekiel 39:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “तर, अब म याकूबका सन्‍तान अथवा इस्राएलका मानिसहरूमाथि कृपा गर्नेछु र फेरि तिनीहरूको फलिफाप गराउनेछु। म आफ्‍नो पवित्र नामको रक्षा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म याकूबलाई निर्वासनबाट फर्काइल्‍याउनेछु, र इस्राएलका सबै मानिसहरूलाई म टिठ्याउनेछु। मेरो पवित्र नाउँको निम्‍ति म जोशिलो हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।