Ezekiel 39:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मेरा प्रजाले ‘म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ’ भनी जान्‍नेछन्। यो तिनीहरूले जान्‍नेछन् किनभने मैले नै तिनीहरूलाई कैदमा पठाएँ र अब म तिनीहरूका एक जना पनि नछोडी जम्‍मा गरेर तिनीहरूकै देशमा फर्काई ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले जान्‍नेछन्, कि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासित गरे तापनि तिनीहरूमध्‍ये कोही पनि नछुट्‌नेगरी म नै तिनीहरूलाई तिनीहरूको आफ्‍नो देशमा भेला गराउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किन? किनकि मैले तिनीहरूलाई घरबाट निकाले अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ।

Recommended Reading