Ezekiel 39:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोग र त्यसको सेना र आफ्नो साथमा भएका मानिसहरू इस्राएलका डाँडाहरूमा मर्नेछन् र तिनीहरूका लाशहरू हरेक थरिका पक्षीहरू र जङ्गली पशुहरूका आहार बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ, तेरा सबै सेनाहरू र तँसँग भएका जाति-जातिहरूको पतन इस्राएलका पहाड़हरूमै हुनेछ। म तँलाई सब किसिमका शिकारी पक्षीहरू र जङ्गली पशुहरूका आहारा तुल्याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु।