Ezekiel 39:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्रजा इस्राएललाई मेरो पवित्र नाम जनाउनेछु र म मेरो नामको बेइज्‍जत फेरि हुन दिनेछैनँ। तब ‘म परमप्रभु नै इस्राएलका पवित्र परमेश्‍वर हुँ’ भनी जातिहरूले जान्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘म मेरो पवित्र नाउँ मेरो प्रजा इस्राएलको बीचमा प्रकट गर्नेछु। म मेरो पवित्र नाउँलाई बिटुलो पार्न दिनेछैनँ, र जातिहरूले म परमप्रभु नै इस्राएलमा परम पवित्र छु भनी जान्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्‍वर हुँ भनी जान्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट पार्ने दिनेछैन्। राष्ट्रहरूले थाहा पाउनेछन कि म परमप्रभु हुँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु।