Ezekiel 39:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सहरहरूमा बसोबास गर्ने मानिसहरू बाहिर निस्‍केर फ्‍याँकिरहेका हात-हतियारहरू दाउराको रूपमा बाल्‍न बटुल्‍नेछन्। तिनीहरूले ढाल, धनु-काँड, भाला र मुङ्ग्राहरूको आगो बाल्‍नेछन् र त्‍यसरी बटुलेको हात-हतियार सात वर्षसम्‍म आगो बाल्‍न पुग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तब इस्राएलका नगरहरूमा बस्‍नेहरू आउनेछन्‌ र हतियारहरू— साना र ठूला ढालहरू, धनुहरू र काँड़हरू, युद्धका लाठाहरू र भालाहरू दाउराको निम्‍ति प्रयोग गर्नेछन्‌। सात वर्षसम्‍म तिनीहरूले ती जलाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तब इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यस समय, इस्राएलको शहरमा बस्ने मानिसहरू ती खेतहरूमा जानेछन्। उनीहरूले शत्रुको हात-हतियारहरू जम्मा पार्नेछन् अनि जलाउनेछन्। ती सबै ढालहरू, धनु-काँडहरू अनि भालाहरू जलाउने छन्। उनीहरूले हात-हतियारहरू दाउराको रूपमा सात वर्ष सम्म प्रयोग गर्नेछन्।