Ezekiel 4:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले जवाफ दिएँ, “होइन, सार्वभौम परमप्रभु! मैले आफैंलाई कहिल्‍यै पनि अपवित्र पारेको छैनँ। मैले बालककालदेखि नै आफैं मरेको वा जङ्गली जनावरले मारेको कुनै पनि पशुको मासु कहिल्‍यै खाएको छैनँ। अशुद्ध मासु वा भोजन मेरो मुखमा कहिल्‍यै पनि परेको छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, त्‍यसो नहोस्‌। मैले त आफूलाई कहिल्‍यै अशुद्ध पारेको छैनँ। युवावस्‍थादेखि अहिलेसम्‍म कहिल्‍यै आफै मरेको थोक अथवा पशुले फहराएको कुरा वा अपवित्र मासु मैले खाएको छैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले भनेँ, “हे प्रभु याहवेह, यस्तो नहोस्! मैले आफूलाई कहिल्यै अशुद्ध तुल्याएको छैनँ। मेरो युवावस्थादेखि अहिलेसम्म कहिल्यै पनि मरेको अथवा जङ्गली पशुहरूले फहराएको कुनै पनि कुरो मैले खाएको छैनँ। मेरो मुखमा कहिल्यै पनि कुनै अशुद्ध मासु परेको छैनँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”