Ezekiel 4:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अझै भन्नुभयो, “ए मरणशील मानिस, यरूशलेमले पाउने अन्न म रोकिदिनेछु। त्यहाँका मानिसहरूले खाने भोजन र पिउने पानी तौलको हिसाबले लिनुपर्दा तिनीहरूका मनमा कष्ट र चिन्ता पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु। जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, म यरूशलेममा भोजनको अभाव गराउनेछु। मानिसहरूले तौल अनुसारको भोजन चिन्तित हुँदै खानेछन्, र तौल अनुसारको पानी डराउँदै पिउनेछन्;
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्।