Ezekiel 4:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि त्यस सहरलाई घेरा हालेको बुझाउन त्यहाँ खाल्डो, बाँध, छाउनी र पर्खाल भत्काउने मुढाहरू राख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसका चारैतिर घेरा हाल्। त्यसको विरुद्धमा घेरा-मचान बना, र त्यसको सामुन्ने छाउनी लगा, र वरिपरि त्यसलाई भत्काउने मूढ़ाहरू राख्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यसको चारैतिर घेराबन्दी हाल्: त्यसको विरुद्धमा घेरा-मचान बना, र त्यसको विरुद्धमा सैनिक मोर्चा लगा; अनि त्यसको विरुद्धमा छाउनी हाल्। अनि त्यसको चारैतिर पर्खाल भत्काउने ठूला-ठूला मुढाहरू राख्।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ।