Ezekiel 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा फलामको ताप्‍के लिएर त्‍यसलाई पर्खालका रूपमा तँ र सहरको बीचमा खडा गर। तेरो मुख सहरतिर फर्का। त्‍यो घेरामा परेको छ र घेरा हाल्‍नेचाहिँ तँ नै होस्। यो इस्राएल जातिको निम्‍ति एउटा चिनो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एउटा फलामे भाँड़ो लिएर सहर र तेरो बीचमा एउटा फलामको पर्खालझैँ त्‍यो खड़ा गर्‌ अनि तेरो मोहड़ा सहरतिर फर्का। त्‍यो घेरा लाएको अवस्‍थामा हुनेछ, र तैंले त्‍यसलाई घेरा हालेर ली। इस्राएलका घरानाको निम्‍ति यो एउटा चिन्‍ह हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि एउटा फलामको थाल लिएर त्यसलाई तेरो र सहरको बीचमा एउटा फलामको पर्खालझैँ खडा गर्, र तेरो अनुहार त्यस सहरपट्टि फर्का। त्यो घेराबन्दीमा रहनेछ र तैँले त्यसलाई घेराबन्दीमा पार्। योचाहिँ इस्राएलका मानिसहरूका निम्ति एउटा चिन्ह हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किन? किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।