Ezekiel 40:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनले एउटा कोठाको पछिल्‍लो भित्तादेखि दलानपारिका कोठाको पछिल्‍लो भित्तासम्‍मको दूरी नापे, त्‍यो साढे बाह्र मिटर लामो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले प्रवेशद्वार हरेक कोठाका पछाड़िको भित्ताको टुप्‍पादेखि त्‍यसैको विपरीत टुप्‍पासम्‍म नापे। कौसीका बारको एक झ्‍यालदेखि त्‍यसको विपरीत झ्‍यालसम्‍म पच्‍चीस हात थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले एउटा कोठाको पछाडिको पर्खालको टुप्पोबाट त्यसको विपरीत भएको पर्खालको टुप्पोसम्मको मूलढोकाको नाप लिए; एउटा ढोकाबाट अर्को ढोकासम्मको दूरी पच्‍चीस क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले मूल-ढोकाको एउटा कोठाको छानाबाट अर्को कोठाको छाना सम्म नाप्यो। त्यो एउटा ढोकाबाट आर्को ढोका सम्म पच्चीस हात लामो थियो।