Ezekiel 40:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै कोठाका बाहिरी भित्ताहरूमा र कोठाका बीच-बीचका भित्ताहरूमा स-साना झ्‍यालहरू थिए। बाटोपट्टिको भित्ताको भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रवेशद्वारभित्रका कोठाहरू र गाराहरूका मास्‍तिर झ्‍यालहरू चारैतिर थिए, र दलानमा पनि त्‍यस्‍ता झ्‍यालहरू थिए। ती गाराहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रवेशद्वार भित्रको कोठामा र मूलढोकाको भित्रपट्टि चारैतिरका भित्ताहरूमाथि साँघुरा झ्यालहरू थिए; अनि दलानहरू पनि त्यस्तै थिए, र ती सबै झ्यालहरू भित्रपट्टि फर्केका थिए। बाहिरतिर देखिने भित्ताका भागहरूमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।