Ezekiel 40:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई प्रवेश गर्ने मूल-ढोकाबाट चोकमा पुर्‍याए। चोकको बाहिरी भित्तासित टाँसेर बनाइएका तीस वटा कोठाहरू थिए। ती कोठा अगाडिको भूइँ र चोकको चारैतिर ढुङ्गाले छापेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई बाहिरी चोकमा ल्‍याए। मैले त्‍यहाँ चोकका चारैतिर केही कोठाहरू र ढुङ्गा छापेको एउटा भूइँ देखें। यो छापेको भूइँमा तीस वटा कोठाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले मलाई बाहिरी चोकमा ल्याए। त्यहाँ मैले केही कोठाहरू र चोकका चारैतिर ढुङ्गाले छापेर बनाइएको पिँडी देखेँ; ती ढुङ्गा छापेर बनिएको पिँडीमा तीस वटा कोठाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।