Ezekiel 40:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो प्रवेश कोठा, त्‍यसका झ्‍यालहरू र भित्तामा खोपेको खजूरका बोटका चित्रहरू सबै पूर्वपट्टिका मूल-ढोकाका जस्‍तै थिए। सात वटा खुड्किलाले मूल-ढोकामा पुर्‍याउँथ्‍यो, मूल-ढोकाको पछिल्‍लोपट्टिका ठूलो प्रवेश कोठा बाहिरी चोकपट्टि फर्केको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका झ्‍यालहरू र त्‍यसको दलान र त्‍यसका खजूरका बोटहरूले सिँगारेका चित्रका नापहरू पनि पूर्वतिर फर्केको ढोकाका नापहरूजत्रै थिए। त्‍यहाँ जानलाई सात वटा खुट्‌किला थिए, र त्‍यसको दलानचाहिँ खुट्‌किलाको विपरीत थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका झ्यालहरू, त्यसको दलान र त्यसका सिँगार्ने खजूरका रूखहरूका नापहरू पूर्वतिर फर्केको मूलढोकाका जति नै थिए। पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए र विपरीत दिशामा दलान थियो।
Nepali ERV (पवित्र बाइबल)
यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यही थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो।