Ezekiel 40:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि ती मानिसले मलाई दक्षिणपट्टि लगे र त्‍यहाँ मैले अर्को एउटा मूल-ढोका देखें। तिनले त्‍यसका भित्री पाटाहरू र त्‍यसको प्रवेश कोठा नापे र ती पनि अरूहरूजस्‍तै एकै नापका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई दक्षिणतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूल ढोका देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मलाई दक्षिण भागतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूलढोका देखेँ। तिनले त्यस ढोकाको सँघार र दलान नापे; अनि तिनीहरूका नापहरू पूर्वीय र उत्तरी मूलढोकाको नापजस्तै थिए।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।