Ezekiel 40:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू मूल-ढोकामा भएजस्तै यो मूल-ढोकाका कोठाहरूमा पनि झ्यालहरू थिए। बाटोको जम्मा लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसका थामहरू र त्यसको दलान नापे, र ती पनि अरूजस्तै एकै नापका थिए। प्रवेशद्वार र त्यसको दलानका चारैतिरका झ्यालहरू अरूजस्तै थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणी मूलढोका र यसको दलानका वरिपरि साँघुरा झ्यालहरू अरू भित्ताका झ्यालहरूजस्ता थिए। दक्षिणी मूलढोका पचास क्यूबिट लम्बाइ र पच्चीस क्यूबिट चौडाइ थियो।
Nepali ERV (पवित्र बाइबल)
यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।