Ezekiel 40:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात वटा खुड्किलाले मूल-ढोकासम्‍म पुर्‍याउँथ्‍यो र पल्‍लो छेउमा बाहिरी चोकपट्टि फर्केको ठूलो कोठा थियो। बाटोपट्टिका भित्ताका भित्री पाटामा खजूरका रूखका चित्रहरू खोपिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ जानलाई सात वटा खुट्‌किला थिए। त्‍यसको दलानचाहिँ तिनको विपरीत थियो। गाराहरूमा खजूरका बोटका चित्रहरू हरेक भित्तामा बनाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए, र त्यसको विपरीतपट्टि दलान थियो; बाहिरतिर देखिने भित्ताका हरेक भागमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
सातवटा खुट्किलाले यो मूल-ढोका सम्म पुर्याउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वारस्तम्भमा खजूरको नक्शा थियो।