Ezekiel 40:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[29-30] त्‍यसका पहरा-चौकीहरू, ठूलो कोठा र भित्री भित्ताहरू पनि अरू मूल-ढोकाका नाप बराबर थिए। यस मूल-ढोकापट्टिका कोठाहरूमा पनि झ्‍यालहरू थिए। लमाइ पच्‍चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका कोठाहरू, गाराहरू र दलान अरूहरूजस्‍तै एकै नापका थिए। प्रवेशद्वार र त्‍यसको दलानका चारैतिर झ्‍यालहरू थिए। त्‍यो पचास हात लामो र पच्‍चीस हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
Nepali ERV (पवित्र बाइबल)
कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरू मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।