Ezekiel 40:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई त्‍यो सहरको छेउमा पुर्‍याउनुभयो र मैले त्‍यहाँ एउटा काँसाझैँ टल्‍किरहेको मानिस देखें। तिनले हातमा एउटा मिहिन सुतीको नाप्‍ने फित्ता र एउटा टाँगो लिएका थिए र तिनीचाहिँ एउटा मूल-ढोकाको छेउमा उभिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई त्‍यहाँ लानुभयो, र एक जना मानिसलाई त्‍यहाँ मैले देखें, जसको अनुहार काँसाजस्‍तै थियो। तिनको हातमा एउटा सूती डोरी र नाप्‍ने टाँगो लिएर तिनी मूल ढोकामा उभिरहेका मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई त्यहाँ लैजानुभयो र मैले एक जना मानिसलाई देखेँ, जसको रूप काँसाजस्तै थियो; तिनको एउटा हातमा मिहिन सुतीको डोरी र एउटा नाप्‍ने टाँगो थियो; अनि तिनी मूलढोकामा उभिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। त्यहाँ एउटा मानिस थियो जो चम्काएको काँस जस्तै चम्किरहेको देखिन्थ्यो। त्यस मानिसले एउटा लुगा नाप्ने फिता अनि एउटा नाप्ने टाँगो आफ्नो हातमा लिएको थियो, त्यो मूल-ढोकामा उभिएको थियो।