Ezekiel 40:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको पनि बाहिरी चोकपट्टि फर्केको ठूलो कोठा थियो। दलानपट्टिका भित्ताका भित्री पाटामा खजूरका बोटका चित्रहरू खोपेर बनाएका थिए। मूल-ढोकासम्‍म पुग्‍न जम्‍मा आठ खुड्किला थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्‍यसका थामहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए। त्‍यहाँ जानलाई आठ वटा खुट्‌किला थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारहरूलाई खजूरका रूखहरूका बुट्टाले दुवैतिर सिँगारेका थिए; अनि मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रवेश कोठा बाहिर पट्टिको आँगन तिर थिए। यसको द्वार-स्तम्भहरूमाथि खजूरका बोटहरूका चित्र खोपिएको थियो। त्यहाँ जानलाई आठवटा खुड्किला थिए।