Ezekiel 40:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू मूल-ढोकाहरूपट्टि जस्तै यता उत्तर ढोकापट्टि पनि पहरा-चौकीहरू थिए। त्यसको भित्री भित्ता खजुरको बोटको चित्रले सिंगारिएको थियो अनि एउटा प्रवेश कोठा र चारैपट्टि झ्यालहरू थिए। त्यसको लमाइ पच्चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका कोठाहरू, गाराहरू र दलान त्यस्तै थिए। त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पनि त्यस्तै थिए, र त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्चीस क्यूबिट चौडाइ थियो।
Nepali ERV (पवित्र बाइबल)
यसको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलान त्यस्तै थिए। मूल-ढोकाको चारैतिर झ्यालहरू थिए। यो पचास हात लामो अनि पच्चीस हात चौडाको थियो।