Ezekiel 40:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको पनि बाहिरी चोकपट्टि फर्केको प्रवेश कोठा थियो। दलानपट्टिका भित्तामा खजूरका बोटका चित्रहरू खोपिएका थिए। मूल-ढोकासम्‍म पुग्‍न जम्‍मा आठ खुड्किला थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्‍यसका थामहरू खजूरका बोटहरूका चित्रहरू एक-एकतिर बनाइएका थिए, र त्‍यहाँ जानलाई आठ वटा खुट्‌किला थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
बाहिरको आगनतिर दलान थियो। प्रत्येक भित्तामाथि खजूरको बोटको चित्रहरू थिए अनि यसको सिँढीमा आठवटा खुड्किला थिए।