Ezekiel 40:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले मलाई भने, “ए मरणशील मानिस, राम्ररी हेर्‌। मैले जे-जे कुरा तँलाई देखाउँछु, ती ध्‍यान दिएर हेर्‌ र जे-जे भन्‍दछु, ती पनि कान थापेर सुन्। तँ यहाँ यी कुरा देख्‍न र सुन्‍नलाई नै ल्‍याइएको होस्। तैँले आफूले देखेका सबै कुरा इस्राएलका मानिसहरूलाई बताउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मलाई भने, “ए मानिसको छोरा, तेरो आँखाले हेर्, र कानले सुन्‌। म जे-जे तँलाई देखाउँछु सो ध्‍यानसित मनमा राख्, किनकि यसैको निम्‍ति तँ यहाँ ल्‍याइएको होस्‌। तैंले जे देख्‍छस्, ती सबै इस्राएलको घरानालाई बता।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसले मलाई भने, “हे मानिसको छोरा, मैले तँलाई देखाउन लागेको हरेक कुरालाई आँखाले हेर्, र कानले सुन्। अनि त्यसमा ध्यान लगा; किनकि यही कुरा देखाउनका निम्ति तँ यहाँ ल्याइएको होस्। तैँले देखेको हरेक कुरा इस्राएलका मानिसहरूलाई बताइदे।”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले मलाई भन्नुभन्यो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको उपयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो भनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किन? किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।”