Ezekiel 40:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थप कोठाका अरू चार टेबिलहरू ढुङ्गा काटेर बनाएका थिए र त्‍यहाँ होमबलि तयार गरिन्‍थे। ती टेबिल आधा मिटर अग्‍ला, पौने एक मिटर लामा र पौने एक मिटर नै चौडा थिए। ती टेबिलहरूमा पशुहरू काट्दा चलाउने हात-हतियार र अरू सरजामहरू राखिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होमबलिका निम्‍ति काटेका ढुङ्गाका चार वटा टेबिल थिए। प्रत्‍येक टेबिल डेढ़ हात लामो, डेढ़ हात चौड़ा र एक हात अल्‍गो थियो। तीमाथि नै होमबलि र अरू बलिदानहरूका निम्‍ति चलाइने भाँड़ाकुँड़ा राखिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ होमबलिहरूका निम्ति कुँदेका ढुङ्गाका चार वटा टेबुलहरू पनि थिए। ती हरेक टेबुलहरू डेढ क्यूबिट लम्बाइ, डेढ क्यूबिट चौडाइ र एक क्यूबिट अग्ला थिए। त्यहाँ होमबलिहरू र अरू बलिदान गर्दा चलाउने हातहतियारहरू राखिन्थे।
Nepali ERV (पवित्र बाइबल)
होमबलिका निम्ति काटिएको ढुङ्गाको चारबाट टेबल थिए। यी टेबलहरू डेढ हात लामो, डेढ हात चौडा अनि एक हात अल्गो थियो। पूजाहारीले होमबलि अनि बलिदानका निम्ति जुन पशुहरू मार्थे, उसले मार्ने हतियारहरू त्यो टेबलमा राख्थे।