Ezekiel 40:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले मलाई मन्‍दिरको प्रवेश कोठामा लगे। तिनले नै प्रवेश कोठाको नाप लिए। यो कोठाचाहिँ अढाइ मिटर गहिरो र सात मिटर चौडा थियो। त्‍यो प्रवेश कोठाको दुवैपट्टिका पर्खालहरूको मोटाइ डेढ मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई मन्‍दिरको दलानमा ल्‍याए, र दलानका थामहरू तिनले नापे। ती दुवैपट्टि पाँच-पाँच हात चौड़ा थिए। प्रवेशद्वारको चौड़ाइ चौध हात थियो, र त्‍यसका गाराहरू एक-एकतिर तीन-तीन हात चौड़ा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका ढोकाको सँघार नापे; ती दुवैतिर पाँच क्यूबिट चौडा थिए। प्रवेशद्वारको चौडाइ चौध क्यूबिट थियो र कोठाका बाहिर देखिने दुवैपट्टिका भित्ताहरू तीन क्यूबिट चौडा थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो।