Ezekiel 40:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो पार भएपछि एउटा दलान थियो, त्यसका दुवै पट्टि तीन-तीन वटा पहरा-चौकीहरू थिए। प्रत्येक पहरा-चौकीका लमाइ-चौडाइ तीन-तीन मिटरको थियो। चौकीका बीच-बीचको भित्ताको मोटाइ साढे दुई मिटर थियो। ती चौकी पार गरेपछि अर्को बाटो थियो। त्यो बाटो तीन मिटर लामो थियो र त्यसले मन्दिरतर्फ फर्केको एउटा ठूलो कोठामा पुर्याउँथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गारदहरू बस्ने कोठाहरू एक टाँगो लामो र एक टाँगो चौड़ा थिए। कोठाहरूका बीचबीचमा गारो पाँच-पाँच हात बाक्लो थियो। मन्दिरतिर फर्केको दलानको छेउमा भएको ढोकाको सँघार एक टाँगो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहरेदारहरूका निम्ति कोठाहरू एक टाँगो लम्बाइ र एक टाँगो चौडाइ थिए; अनि कोठाहरूका बीचमा बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट मोटो थिए। अनि मन्दिरतिर फर्केको दलानको छेउको मूलढोकाको सँघार एक टाँगो गहिरो थियो।
Nepali ERV (पवित्र बाइबल)
रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सँधार एक टाँगो लामो थियो।