Ezekiel 41:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खुल्ला ठाउँको पल्लो छेउमा मन्दिरको पश्चिमपट्टि एउटा भवन थियो। त्यो भवन पैंतालीस मिटर लामो र पैंतीस मिटर चौडा थियो र त्यसका चारैतिरको भित्ताको मोटाइ साढे दुई मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्दिरको चोकतिर फर्केको पश्चिमपट्टिको भवन सत्तरी हात चौड़ा थियो। त्यस भवनको भित्ता चारैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइचाहिँ नब्बे हात थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्चिमपट्टि मन्दिरको आँगनतिर फर्केको भवन सत्तरी क्यूबिट चौडाइ थियो। भवनको चारैतिरका भित्ता पाँच क्यूबिट बाक्ला थिए, र त्यसको लम्बाइ नब्बे क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौडा सत्तरी हात थियो। भवनको भिताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिं नब्बे हात थियो।