Ezekiel 41:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चित्रमा खजूरका बोटहरू र पखेटा भएका प्राणीहरूका चित्र खोपिएका थिए। खजूरका बोट र पखेटा भएका प्राणीका चित्र एउटापछि अर्को गर्दै कोठाका चारैतिर भित्तामा खोपिएका थिए। प्रत्येक पखेटा भएका प्राणीको दुई वटा अनुहार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खोपिएका करूबहरू र तिनका बीचमा खजूरका बोट थिए। हरेक करूबका दुई वटा अनुहार थिए—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए। खजूरका रूखहरू र करूबहरू एकपछि अर्को गरी खोपिएका थिए। हरेक करूबका दुई वटा अनुहारहरू थिए:
Nepali ERV (पवित्र बाइबल)
दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए।