Ezekiel 41:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[19-20] ती दुई वटा अनुहारहरूमध्‍ये मानिसको अनुहार भएको चाहिँ खजुरको बोटको एकातिर र सिंहको अनुहार भएको चाहिँ अर्कोतिर फर्केको थियो। यस्‍तै प्रकारले चारैपट्टिका भित्तामा भूइँदेखि ढोकामाथिसम्‍मै चित्रहरू खोपिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटाचाहिँ मानिसको अनुहारजस्‍तै एकापट्टिको खजूरतिर फर्केको, र अर्कोचाहिँ सिंहको अनुहारजस्‍तै अर्कोपट्टिको खजूरतिर फर्केको थियो। जम्‍मै मन्‍दिरका चारैतिर ती यस्‍तै खोपिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकापट्टि खजूरको रूखतिर फर्केको एउटा मानिसको अनुहारजस्तै र अर्कोपट्टि खजूरको रूखतिर फर्केको सिंहको अनुहारजस्तै थियो। ती बुट्टाहरू मन्दिरभरि चारैतिर खोपिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
दुइवटा मध्ये एउटा खजूरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहि खजूरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो।