Ezekiel 41:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ पुर्‍याउने ढोकाको दलान तिनले नापे। त्‍यो दलानको दूरी तीन मिटर र चौडाइ पाँच मिटर थियो र दुवैपट्टिका गारोको मोटाइ अढाइ मिटर बाक्‍लो थियो। तिनले त्‍यस कोठा पनि नापे, त्‍यो बीस मिटर लामो र दश मिटर चौडा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रवेशद्वार दश हात चौड़ा थियो, र त्‍यसका दुईपट्टिका गाराहरू पाँच-पाँच हात थिए। तिनले बाहिरी पवित्रस्‍थान नापे। त्‍यो चालीस हात लामो र बीस हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रवेशद्वार दश क्यूबिट चौडा थियो र त्यसका सबैतिरका बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट चौडा थिए। तिनले मुख्य सभा कोठा पनि नापे; त्यो चालीस क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रवेश-द्वारको दश हात चौडा थियो। त्यसको बाहिरी छेउ चारैतिर पाँच हात थियो। त्यस मानिसले बाहिरी पवित्र स्थान नाप्यो। यो चालिस हात लामो अनि बीस हात चौडा थियो।